निर्वाचन समिती ( गैर आवसिय नेपाली संघ ) नेदरल्यान्डस् को सुचना !!!

गैर आवसीय नेपाली संघ राष्ट्रीय समन्वय समिति नेदरल्याण्डस् को छैटौ अधिवेशन

मिती 9 अगस्त 2015 आइतबार

समय: 10:00 बजे

स्थान: पछि जानकारी गरिने छ|

मतदाताको योग्यता,नियम र अधिकारहरु

1) नेदरल्याण्डस् सरकारबाट जरी गरिएको नाम, जन्ममिती खुलेको फोटो सहितको परिचय पत्र तथा आफू 8 अगस्त 2013 देखि नेदरल्याण्डसमा बस्दै आएको प्रमाण जस्तै: पासपोर्टको भीषा, रेसिडेन्ट कार्ड वा असिल सेन्टरमा दर्ता भएको प्रमाण पेश गर्नु पर्ने छ|

2) दफा 1 भन्दा बाहेकको हक़मा मतदाता 8 जुलाई 2015 भन्दा अगाडी नै एन आर एन नेदरल्याण्डसको आफ्नो सदस्यता लीई निजको नाम एन आर एन नेदरल्याण्डसको 2013- 2015 को सदस्यहरुको नामवलीमा उल्लेख भएको हुनु पर्ने छ|

3) प्रत्येक मतदाताले एक (1) अध्यक्ष, एक (1) बरिष्ठ उपाध्यक्ष, दुइ (2) उपाध्यक्ष, एक (1) महासचिव, एक (1) सचिव, एक (1) कोषाध्यक्ष, एक (1) सह- कोषाध्यक्ष, एक (1) महिला संयोजक, एक (1) युवा संयोजक, पाँच (5) क्षेत्रीय संयोजक, चार (4) सदस्य र एक (1) आई सी सी पदको लागि मत दिन सकने छन्|

4) प्रत्येक्ष मत मात्र मान्य हुने छ, प्रोक्सी वा हुलाक बाट आफ्नो मत पठाउन पाउने छैनन्|

5) एन आर एन नेदरल्याण्डसले प्रयोग गरेको बाकसमा खसेको मतपत्र मात्र मान्य हुने छ|

6) निर्वाचन स्थलमा एन आर एन नेदरल्याण्डस् का स्वयंसेवक हरुले सहयोगिको भूमिका गर्ने हुनाले केहि समस्या परे स्वयंसेवकहरुको सहयोग लीन सक्नु हुने छ |

7) मतदाताले आफुले चाहेको उमेद्वारहरुको नामको पछाडि पट्टीको बाकस भित्र छेउको घेरा नछुने गरि स्पष्ट संग क्रास (×) वा ठीक चिन्ह लगाई आफ्नो मत जाहेर गर्नु पर्ने छ|

8) मतदाताले आफुले चाहेको कुनै पनि उमेद्वारलाइ छान्न पूर्ण स्वतन्त्र हुने छन| कोही कसैले मतदातालाइ दवाव दिई मतदान गर्न बाध्य गराउन पाउने छैन|

9) आफ्नो नाम वा अरु कुनै पनि सन्देस वा लेख लेखेको र केरिएको मतपत्र बदर हुने छ|

10) सबै मतदाताहरुलाइ निर्वाचन समितिले तोकेको समय भित्र नै निर्वाचन स्थलम उपस्थित भै मतदान गर्नु हून अनुरोध गरिन्छ|

11) मतपत्र प्यानलगत रुपमा हुने छैन| उमेद्वारको नामको पहिलो नेपाली ( देवनागरी) अक्षरको हिसाबमा रहने छ|

12) एन आर एन ए केंद्रीय समितिको बिधान बमोजिम नेपालबाट पढ्न आउने बिद्यर्थीहरुले मतदान तथा उमेदवारी दिन पाउने छैनन्|

13) निर्वाचन प्रक्रियामा कुनै प्रकारको बिबाद सृजना हुने वा हुन गएको खंडमा त्यसको अंतिम निर्णय लिने अधिकार निर्वाचन समितिलाइ रहने छ|

14) यस बाहेक निर्वाचन प्रक्रियामा अन्य कुनै पनी अपठ्यारा हरु भएमा त्यसको निर्णय लिने अधिकार निर्वाचन कमिटी लाई रहने छ|

उमेदवारी दस्तूर

अध्यक्ष --------------------------यूरो 1100,00

आई सी सी----------------------यूरो 1100,00

बरिष्ठ उपाध्यक्ष-------------------यूरो 750,00

उपाध्यक्षहरु----------------------यूरो 600,00

महासचिव------------------------यूरो 500,00

सह-सचिव-----------------------यूरो 400,00

कोषाध्यक्ष------------------------यूरो 500,00

सह- कोषाध्यक्ष------------------यूरो 400,00

युवा संयोजक-------------------यूरो 350,00

महिला संयोजक-----------------यूरो 350,00

क्षेत्रीय संयोजकहऱु--------------यूरो 300,00

सदस्यहरु------------------------यूरो 250,00

नोटः- उमेद्वारहरुले उमेदवारी दस्तूर वापत बुझाएको रकम उमेदवारी ऊपर उजुर वाजुर् परि दर्ता बदर भएमा वाउमेदवारी फिर्ता लिएमा 50% शुल्क कटाई बाँकि रकम फिर्ता गरिने छ|

अधिवेशन क्रियाकलाप र समय तालिका

1) 2015 - 2017 को लागि एन आर एन नेदरल्याण्डस् को साधारण सदस्य तथा नवीकरण सदस्यता बितरण समितिको सहयोगमा जुलाई 8 2015 बेलुका 17:00 बजे सम्म कायम गरिएको छ|

2) साधारण सदस्य माथि छानविन गरि 20 जुलाई 2015 बेलुका 17:00 बजे सम्म कार्यसमितिले अंतिम नामवली प्रकाशन गरिने छ र निर्वाचन समितिलाई बुझाउने छ|

3) एन आर एन नेदरल्याण्डसको नयाँ कार्यसमितिको लागि उमेदवारी दर्ता 28 जुलाई 2015 10:00 बजे बाट खुल्ला गरि 30 जुलाई 2015 बेलुका 17:00 बजे सम्मका लागि खुल्ला गरिने छ| उमेद्वारले एन आर एन नेदरल्याण्डस्को महासचिवबाट उमेदवारी फारम लीई भर्नु पर्ने छ र साथमा अरु कुनै पनि संस्थाको पदीय दायित्वम नरहेको प्रमाण पेश गर्नु पर्ने छ| उमेदवारी दस्तूर एन आर एन नेदरल्याण्डस्को बैक खाता नं. संस्थाको बेव साइट मा हेरी बैंक दाखिल गरेको भौचर सहित बुझाउनु पर्ने छ|

4) उमेदवारहरुको नाम प्रकाशन 1 अगस्त 2015 दिउँसो 14:00 बजे सम्म |

5) उमेदवार ऊपर उजुर र छानविन गर्ने 3 अगस्त 2015 दिउँसो 14:00 बजे सम्म निर्वाचन समिति र कार्यसमिति दुबै ले छानबीन गर्ने छ|

6) उमेद्वारलाइ मिलाउने अंतिम प्रयसका लागी सम्बाद बढ़ाउने 4 अगस्त 2015 दिउँसो 13:00 बजे सम्म निर्वाचन समितिले पहल गर्ने छ| र तत् पश्चात उमेद्वारको अंतिम नामवली प्रकाशित गरिनेछ|

7) एन आर एन नेदरल्याण्डस् छैटौ अधिवेशन 9 अगस्त 2015 बिहान 09:00 बजे देखि कार्यसमितिले शुरू गराउने छ|

8) निर्वाचन तथा मतदान गर्ने समय 9 अगस्त 2015 10:00 बजे देखि 18:00 बजे सम्म निर्वाचन समितिको निर्देशन बमोजिम हुनेछ|

9) मतगणना 9 अगस्त 2015 18:00 देखि सुरु गरिने छ|

10) मतगणना परिणाम घोषणा 22:00 बजे सम्म निर्वाचन समिति ले गर्ने छ|

11) नया कार्यसमितिलाइ बधाई तथा प्रमाण पत्र वितरण 9 अगस्त 2015 22:30 बजे निर्वाचन समितिले गर्ने छ|

12) मतदातालाई धन्यवाद दिदै समापन 9 अगस्त 2015 23:00 नव निर्वाचित अध्यक्षले गर्ने|

गैर आवशीय नेपाली संघ

2015 - 2017 निर्वाचन समिति

नेदरल्याण्डस्

 

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation