क्रिकेट टोलीको सम्मानमा आम्सटरडममा एनआरएनको साक्षात्कार र रात्रीभोज

आम्सटरडम—विश्व क्रिकेट लिग च्याम्पियनसीप खेल्न नेदरल्याण्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमको सम्मानमा साक्षात्कार तथा रात्रीभोजको आयोजना गरिएको छ । सोमबार गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले क्रिकेट टोलीको सम्मानमा आम्सटरडममा साक्षात्कारसहितको रात्री भोजमा आयोजना गरेको हो । 

कार्यक्रममा सयभन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एनआरएन नेदरल्यान्ड्सका पदाधिकारी तथा नेपालीहरुले खेलाडीसँग साक्षात्कार गर्दै जितका लागि शुभकामना दिएका थिए । 

युरोपियन युनियन तथा बेनेलक्स (बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्ग)का लागि कार्यबाहक राजदुत घनश्याम भण्डारीले नेपाली टोलीलाई जितको लागि शुभकामना दिएका थिए । 

गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सका अध्यक्ष हिमाल गुरुङले नेपाली टोलीलाई मनोबल बढाउन खेल मैदानमा सक्दो बढी नेपाली दर्शक उतार्ने बताए । ‘नेपाली टोलीको हौसला बढाउन हामी मैदानमा धेरैभन्दा धेरै नेपालीलाई उतार्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्स नेपाली खेल जगतको विकासको लागि सबै प्रकारका सहयोग गर्न तयार छ ।’

सम्मान र हौसला बढाउन डिनर आयोजना गरेकोमा नेपाली प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले आयोजकलाई धन्यवाद दिएका थिए । प्रशिक्षण टमटा तथा कप्तान खड्काले आफूहरु जित निकाल्न आतुर रहेको समेत बताए । 

साक्षात्कारपछि खेलाडीहरुसँग सामूहिक डिनर कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन गैरआवसिय नेपाली संघ नेदरल्यान्डका राष्ट्रिय युवा संयोजक अमित कार्कीले गरेका थिए ।

नेपालले आगामी १३ र १५ अगस्टमा हुने आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत चौथो चरणको खेल अन्तर्गत नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । 


    Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

    Register now

    NRNA NL General Assembly 2015
    0
    New and renewed members!
    Nepal blood donation